अर्थ संसार, काठमाडौं नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले शेयर बजारलाई प्रविधि मैत्री भएर कारोबार गर्ने दिशामा अगाडि बढेको बताएका छन् ।
धितोपत्र बोर्डको कार्यालयमा बुधबार भएको पत्रकार सम्मेलनमा अध्यक्ष ढुंगानाले अर्थमन्त्रीको भनाईलाई सापटी लिदैं यदि शेयर बजारमा प्रविधि मैत्री भएमा रियल सयममा काम गर्न सके विहान लगाएको पैसाले दिनमा ५ पटकसम्म कारोबार गर्न सकिने बताए ।
पत्रकार सम्मेलनमा पत्रकारहरुले दोस्रो नेप्सेको बारेमा सोधिएको प्रश्नमाथि जवाफ दिदैं अध्यक्ष ढुंगानाले अध्ययानको क्रममा रहेको बताए । त्यसैगरी कमोडिटी मार्केट सञ्चालन गर्न ६ वटा निवदेन परेकाले कसलाई दिने, कसलाई नदिने भनेर मूल्याङकको अवस्थामा रहेको अध्यक्ष ढुंगानाले बताए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस