Like us!
Follow us!
Connect us!
Watch us!

मध्य भोटेकोसीले १ करोड ५० लाख कित्ता आइपिओ निष्कासन गर्नै

अर्थ संसार

विहीबार, ०२ माघ २०७६, ०८ : ४६ मा प्रकाशित

मध्य भोटेकोसीले १ करोड ५० लाख कित्ता आइपिओ निष्कासन गर्नै

अर्थ संसार, काठमाडौं -मध्य भोटेकोसी जलविद्युत् कम्पनी मिटेडले १ करोड ५० लाख कित्ता धारण शेयर निष्कासन गर्ने भएको छ । म्पनीले सिन्धुपाल्चोक जिल्लामा निर्माण इरहेको १०२ मेगावाटको मध्य भोटेकोसी लविद्युत् आयोजनामा सर्वसाधारण गानीकर्ताका लागि छुट्याएको २५ तिशत शेयर निष्कासन गर्न लागेको हो ।

यसमध्ये १५ प्रतिशतले हुन आउने ९० लाख कित्ता शेयर सर्वसाधारणका लागि र १० प्रतिशतले हुन आउने ६० लाख कित्ता स्थानीय प्रभावितका लागि निष्कासन गर्न लागिएको कम्पनीले जनाएको छ । शेयर निष्कासनका लागि मंगलबार कम्पनीले नागरिक लगानी कोषसँग सेयर प्रत्याभूतिसम्बन्धी सम्झौता गरेको छ ।

प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका उक्त शेयर जारी गरी कम्पनीले आयोजना निर्माणका लागि १ अर्ब ५०  करोड रुपैयाँ संकलन गर्ने  लक्ष्य राखेको छ ।

यसअघि कम्पनीले कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताका लागि १९.५ प्रतिशतले हुन आउने १ करोड १७ लाख कित्ता, संस्थापक कम्पनीका कर्मचारीका लागि ३.५ प्रतिशतले हुन आउने २१ लाख कित्ता, ऋणदाता कम्पनीका कर्मचारीलाई १ प्रतिशतले हुन आउने ६ लाख कित्ता गरी कुल १ करोड ४४ लाख कित्ता शेयर पहिलो चरणमा वितरण गरिसकेको छ । कम्पनीमा ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत साधारण सेयर रहने व्यवस्था गरिएको छ ।

चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनीका रूपमा रहेको मध्य भोटेकोसीमा कम्पनीमा संस्थापक सेयरमध्ये ३७ प्रतिशत सेयर चिलिमेको छ ।  त्यस्तै, १० प्रतिशत नेपाल विद्युत् प्राधिकरणको र बाँकी ४ प्रतिशत शेयर १/१ प्रतिशतका दरले ४ वटा जलविद्युत् कम्पनीको रहेको छ । निर्माणाधीन आयोजनाको निर्माण करिब ५५ प्रतिशत पूरा भएको कम्पनीले जनाएको छ ।

आयोजनाको विद्युत् १५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजना ११ फेबु्रअरी २०१४ बाट निर्माण सुरु गरिएको आयोजना २०२० को डिसेम्बरसम्ममा सक्ने लक्ष्य राखिएको छ । आयोजनाको ३४ मेगावाटका ३ युनिटसहितको पावरहाउस रहनेछ । यो आयोजनाको विद्युत् ४ किलोमिर २२० केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारणमा जोड्ने गरी डिजाइन गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको