Like us!
Follow us!
Connect us!
Watch us!

महालक्ष्मी बैंक र नेपाल राष्ट्र बैंक बिच आर. टि. जि. एस (RTGS) प्रणालीसँग सम्बन्धित समझदारी पत्रमा हस्ताक्षर

निशा हुमाँगाई

मंगलबार, १४ माघ २०७६, १२ : ५५ मा प्रकाशित

महालक्ष्मी बैंक  र नेपाल राष्ट्र बैंक बिच आर. टि. जि. एस (RTGS) प्रणालीसँग सम्बन्धित समझदारी पत्रमा हस्ताक्षर

अर्थ संसार, काठमाडौं – महालक्ष्मी विकास बैंक लिमिटेड र नेपाल राष्ट्र बैंक लिमिटेड बिच आर. टि. जि. एस (RTGS) प्रणालीसँग सम्बन्धित समझदारी पत्रमा हस्ताक्षर भएकाे छ ।

महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकसँग हिजाे (मिति २०७६/१०/१३ गते, मंगलबार) आर. टि. जि. एस (RTGS) प्रणालीसँग सम्बन्धित समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।

अनलाइन प्रणालीमा समस्या आउँदा ठूला लगानीकर्ता उम्किए, साना फसे

यसैगरी, उक्त सम्झौता पश्चात ग्राहकहरूले Real Time Gross Settlement (RTGS) बाट कारोबार गर्दा वास्तविक समयमा नै कारोबारहरू फस्र्याैट हुने हुँदा बैंकको भुक्तानी प्रणालीमा थप सहजता आउने बैंकले जनाएको छ । उक्त सम्झौतापत्रमा नेपाल राष्ट्र बैंकका तर्फबाट भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक श्री रेवती प्रसाद नेपाल र महालक्ष्मी विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री कृष्णराज लामिछानेले हस्ताक्षर गर्नु भएको हो ।

त्यस्तै, देशका १०२ वटा शाखाहरूबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले आधुनिक प्रविधिमा आधारित भई अनलाईन बैंकिङ्ग, एटिएम, क्युआर पेमेन्ट, मोबाईल बैकिङ्ग लगायतका सेवाहरू पनि उपलब्ध गराउँदै आईरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको