Like us!
Follow us!
Connect us!
Watch us!

कृषि विकास बैंककाे ऋणपत्र  बिक्री खुल्ला

निशा हुमाँगाई

मंगलबार, १४ माघ २०७६, १२ : १७ मा प्रकाशित

कृषि विकास बैंककाे ऋणपत्र  बिक्री खुल्ला

अर्थ संसार, काठमाडौं – कृषि विकास बैंककाे ऋणपत्रमा आज (मंगलबार) देखि आवेदन दिन सकिनेछ । बैंकले ७ वर्ष अवधि तथा वार्षिक १०.३५ प्रतिशत व्याजदर भएकाे प्रति ऋणपत्र हजार अंकित मूल्यका २५ लाख कित्ताले हुन आउने रू.२ अर्ब ५० कराेड बराबरकाे ऋणपत्र मध्ये १५ लाख कित्ता ऋणपत्रले हुन आउने कुल  रू. १५० कराेड ऋणपूँजी रकम व्यक्तिगत तवर बाट बिक्री गरिनेछ ।

अनलाइन प्रणालीमा समस्या आउँदा ठूला लगानीकर्ता उम्किए, साना फसे

त्यस्तै, १० लाख ऋणपत्रले हुन आउने कुल रू. १०० कराेड ऋणपूँजी रकम सर्वसाधारणकाे लागि आज (माघ १४ गते, मंगलबार) बाट निष्काशन तथा बिक्री खुल्ला गरिएकाे छ ।

यसैगरी, उक्त ऋणपत्रमा सर्वसाधारणले न्युनतम २५ कित्ता र अधिकतम २ लाख ५० हजार कित्तासम्मको लागि दरखास्त दिन पाउनेछन् । ऋणपत्रमा छिटोमा माघ १७ गते तथा ढिलोमा फागुन १४ गते सम्म आवेदन दिन सकिनेछ ।

यस्तै, ऋणपत्रमा खरिदका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्वा (ASBA) सदस्यता लिएका बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सकिनेछ ।

बैंककाे धिताेपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको