अर्थ संसार, काठमाडौं – सजिलो लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७६/७७ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार संस्थाले दोस्रो त्रैमाससम्म आइपुग्दा ६४ लाख ८२ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे तुलनामा ५४.६६ प्रतिशत धेरै हाे । गत वर्ष संस्थाले ४१ लाख ९१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियाे ।
यसैगरी, दोस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ३ करोड २१ लाख ९० हजार रुपैयाँ खुद व्याज आम्दानी गर्न सफल भएकाे छ । गत वर्ष कम्पनीले यो समयमा १ करोड २६ लाख ९२ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेकाे थियाे ।
संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस