Like us!
Follow us!
Connect us!
Watch us!

आइतबार शेयर काराेबार २ अर्ब माथी, अरू सूचक के भयाे ?

निशा हुमाँगाई

आइतबार, १९ माघ २०७६, १४ : ५५ मा प्रकाशित

आइतबार शेयर काराेबार २ अर्ब माथी, अरू सूचक के भयाे ?

अर्थ संसार, काठमाडौं – आज (आइतबार) शेयर बजार २१.२६ अंकले बढेकाे छ । कुल १७५ वटा कम्पनीको ५३ लाख ४६ हजार ५०८ कित्ता शेयर खरिदविक्री हुँदा २ अर्ब ०७ करोड ७९ लाख ८७ हजार ७९९ रुपैयाँको कारोबार भएकाे छ ।

१३२५.३८ विन्दुबाट सुरु भएको नेप्से इन्डेक्स  शेयर बजार बन्द हुँदासम्म बढेर १३४६.६४ अंकमा आइपुगेको छ ।

आइतबार बैंकिङ २७.०४ अंक, होटल ८.६६ अंक, विकास बैंक २८.३२ अंक, जलविद्युत ३.०९ अंक, फाइनान्स ४.१८ अंक, निर्जिवन लाइफ १०१.५२ अंक, उत्पादन ४७.७८ अंक, अन्य ३.१६ अंक, माइक्रोफाइनान्स २२.१३ अंक र सामूहिक लगानी कोष समूह ०.०७ अंकले बढेकाे छ । 

त्यसैगरी, आइतबार व्यापार ०.६२ अंक र लाइफ इन्स्योरेन्स १.०९ अंकले घटेकाे छ ।

5e3697481e75c.jpg 5e36974c7d36b.jpg 5e369750375ec.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको