Like us!
Follow us!
Connect us!
Watch us!

चीनका लागि उडान स्थगित गर्दै नेपाली एयरलाइन्सहरू

सोमबार, २० माघ २०७६, १४ : ३८ मा प्रकाशित

अर्थ संसार, काठमाडौं – नेपालबाट अन्तराष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्सले चीनमा फैलिएको कोरोना भाइसरका कारण चीनका विभिन्न गन्तव्यमा उडान स्थगन गरेको छ । एयरलाइन्सले तत्कालका लागि चीनका तीन शहर सेन्जेन, छाङसा, र गाेयाका लागि उडान स्थगित गरेको हो ।

काेरोना भाइरसको प्रकोपको सम्भावित जोखिमलाई दृष्टिगत गरी केही समयका लागि उडान स्थगन गरिएको कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिएका छन् ।

हिमालयले चार्टर उडान गरिरहेको तीन गन्तव्यको उडान स्थगन गरेपनि नियमित उडान भईरहेको बेइजिङ र छोङछिङमा भने यात्रुको अवस्थालाई मध्यनजर गरेर उडान भर्ने जनाएको छ । यो गन्तव्यको उडान आगामी ६ फेब्रुअरी २०२० देखि स्थगन गर्ने योजना बनाएको कम्पनीले बजारको अवस्था अनुरुप सेवा दिनेछ ।    

हाल हिमालयले चीनका विभिन्न शहरसँगै बङ्गलादेशको ढाका, यूएईको अबुदाबी, दुबई, साउदी अरेबियाको दमाम, मलेसियाको क्वालालम्पुर र कतारको दोहामा सिधा उडान गरिरहेको छ । बेइजिङ र छोङछिङको ‘सेडुअल’ उडान निरन्तर रहने तर कम्पनी आफैँले बजारको अध्ययन गरी आवश्यकताको आधारमा उडान सञ्चालन गर्ने कम्पनी सेवा सुधार शाखाका प्रमुख उज्ज्वला दलीले बताए ।

३१ डिसेम्बर २०१९ मा चीनको वुहान प्रान्तमा पहिलो पटक कारोना भाइरसको पहिचान भएको थियो ।

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको