नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा विभिन्न सेक्टरका ६ वटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ। नेप्सेमा साना किसान विकास लघुवित्तसहित ६ वटा कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।
आइतबार साना किसान विकास लघुवित्तको १४.२५ प्रतिशत बोनश वापत ६१ लाख ४५ हजार ४८५ कित्ता, नेपाल एसबिआई बैंकको ४ प्रतिशत बोनश वापत ४३ लाख ५९ हजार ६६३ कित्ता र माउन्टेन इनर्जी नेपालको २० प्रतिशत बोनश वापत ५२ लाख ५ हजार ४३१ कित्ता बोनश सेयर सूचीकृत भएको छ । साथै कालिञ्चोक दर्शनको ५ प्रतिशत बोनश वापत ३ लाख कित्ता, नेशनल लाइफ इन्स्योरेन्सको ४ प्रतिशत बोनश वापत २१ लाख ८९ हजार ९५ र सिद्धार्थ बैंकको ५ प्रतिशत बोनश वापत ७० लाख ४४ हजार ९९० कित्ता बोनश सेयर सूचिकृत भएको छ ।
सो सेयर भोलिदेखि कारोबारमा आउने भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस