Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा उच्च अंकको वृद्धि, साढे २३ अर्ब माथिको कारोबार

अर्थ संसार

आइतबार, ०८ चैत्र २०८२, १४ : ५६ मा प्रकाशित

सेयर बजारमा उच्च अंकको वृद्धि, साढे २३ अर्ब माथिको कारोबार

साताको सेयर कारोबार हुने पहिलो दिन आइतबार नेप्से परिसूचक उच्च अंकले बढेर कारोबार भएको छ । गत साता २ प्रतिशतले बढेको बजार यो साताको पहिलो दिन नै ५४.५१ अंक अर्थात् १.८९ प्रतिशतले बढेको हो । 

आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २९३१.५५ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १८३ कम्पनीको सेयर मूल्य बढेको छ भने ७३ कम्पनीको सेयर मूल्य घटेको छ । आज ८ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आज सेन्सेटिभ इन्डेक्स पनि ११.११ अंकले बढेर ५०५.३१ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये १२ वटाको सेयर मूल्य बढेको छ भने एउटाको सेयर मूल्य घटेको छ । 

परिसूचकसँगै कारोबार रकमा पनि उच्च वृद्धि देखिएको छ । आज सेयर बजारमा साढे २३ अर्ब माथिको कारोबार भएको छ । आज ३६४ कम्पनीका ६ करोड १४ लाख ७ हजार ७४ कित्ता सेयर २ लाख ४ हजार ९५५ पटक खरिद बिक्री हुँदा २३ अर्ब ५९ करोड ७७ लाख १२ हजार १८२ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा ८ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको