Like us!
Follow us!
Connect us!
Watch us!

पिपुल्स पावरको साधारणसभा चैत २९ गते, के के छन् एजेण्डा ?

अर्थ संसार

सोमबार, ०९ चैत्र २०८२, ०८ : ०९ मा प्रकाशित

पिपुल्स पावरको साधारणसभा चैत २९ गते, के के छन् एजेण्डा ?

पिपुल्स पावर लिमिटेडको ९ औँ वार्षिक साधारणसभाको मिति घोषण भएको छ । कम्पनीको चैत ८ गते बसेको सञ्चालक समितिको बैठकले चैत २९ गते आइतबारका लागि साधारणसभाको मिति तय गरेको हो । 

उक्त सभा काठमाडौंको टोखा नगरपालिका–८, जाल्पाचोकस्थित पारिजात पार्टी प्यालेसमा बिहान ११ बजेदेखि सुरु हुने छ । उक्त साधारणसभाले गत आर्थिक वर्ष २०८१/०८२ को सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने वार्षिक प्रतिवेदनका साथै लेखा परीक्षकको प्रतिवेदन सहितको गत आवको वासलात, नाफा नोक्सान हिसाब लगायतका वित्तीय विवरणहरू माथि छलफल गरी पारित गर्नेछ ।

त्यसैगरी सोही साधारणसभाले चालू आर्थिक वर्ष २०८२/०८३ का लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने, कम्पनीको ठाउँसारी गर्ने, संस्थागत सुशासन सम्बन्धी प्रतिवेदन स्वीकृत गर्ने र विविध प्रस्ताव उपर छलफल गरी पारित गर्नेछ ।

वार्षिक साधारणसभा प्रयोजनार्थ चैत १६ गते सोमबार एक दिनका लागि बूक क्लोज गर्ने निर्णय समेत गरेको छ । यो आधारमा चैत १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीले मात्रै सभामा भाग लिन पाउनेछन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको