Like us!
Follow us!
Connect us!
Watch us!

अब टेलिकमकाे मिसकल नोटिफिकेसन निःशूल्क, सुचारू गर्नुहाेस् यसरी

निशा हुमाँगाई

मंगलबार, २१ माघ २०७६, १२ : ०३ मा प्रकाशित

अब टेलिकमकाे मिसकल नोटिफिकेसन निःशूल्क, सुचारू गर्नुहाेस् यसरी

अर्थ संसार, काठमाडौं – ग्राहकहरूलाई मध्यनजर गर्दै नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) ले नयाँ सुविधाकाे सुरूवात गरेकाे छ । टेलिकमले सुरूवात गरेकाे नयाँ सुविधा अनुसार अब मिसकल अलर्ट सुविधा निःशूल्क प्रदान गरिने भएकाे छ ।   

यसैगरी, याे सेवामा नेपाल टेलिकमका प्रयाेगकर्ताहरूले आफ्नाे मोबाइल अफ हुँदा तथा नेटवर्कमा समस्या देखिँदा आफ्नाे मोबाइलमा सम्पर्क गर्न खाेजिएकाे कलकाे जानकारी निःशुल्क रुपमा सएमएसबाटै प्राप्त गर्न सकिनेछ । 

टेलिकमले दिएकाे जानकारी अनुसार उक्त सेवा सुचारू गर्नका लागि प्रयाेगकर्ताहरूले *1400# मा कल गर्नुपर्नेछ । त्यस्तै, SUB MCA टाइप गरी १४०० मा एसएमएस पठाएर पनि याे सेवा सुचारू गर्न सकिनेछ । 

साथै,याे सेवा बन्द गर्न भने प्रयाेगकर्ताहरूले UNSUB MCA टाइप गरी १४०० मा एसएमएस पठाउनुपर्ने टेलिकमले जनाएकाे छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको