अर्थ संसार, काठमाडौं – अजोड इन्स्योरेन्स लिमिटेड पोखरा शाखाको आयोजनामा माघ १७, १८ र १९ गते लेक साइड, पोखरामा आधारभुत निर्जीवन बीमा अभिकर्ता तालिम सम्पन्न भएको छ ।
तालिमको अवसरमा अजोड इन्स्योरेन्स लिमिटेडका सहायक महाप्रबन्धक अनिल कुमार अर्यालले बीमाको परिचय, बीमा व्यवसायको बर्तमान अवस्था र चुनौति देखि यस क्षेत्रको विकास र विस्तारको साथै बिमाको विभिन्न Portfolio को बारेमा प्रशिक्षण प्रदान गरेका थिए ।
केन्द्रिय कार्यालयका बजार विभागका नायब प्रबन्धक विष्णु आचार्यले अभिकर्ताले निर्भाह गर्नु पर्ने भूमिकाको वारेमा प्रकाश पारेका थिए, भने अजोड इन्स्योरेन्स लिमिटेडका पर्वत शाखाका शाखा अधिकृत हरी सुवेदीले कृषि (बाली तथा पशुपंक्षी) बीमाको वारेमा प्रकाश पारेका थिए ।
अजोड इन्स्योरेन्स लिमिटेडको आधाभुत निर्जीवन बीमा अभिकर्ताको तालिममा ३८ जना अभिकर्ताहरूको सहभागीता रहेको थियो भने कार्यक्रमको सञ्चालन अजोड इन्स्योरेन्स लि. का गण्डकी प्रदेशका प्रमुख गोपाल प्रसाद पौडेलले गरेका थिए ।केन्द्रिय कार्यालय मानवसंसाेधन तथा प्रशासन विभागकी उषा बस्नेतले प्रशिक्षण सहित सहजिकरणको कार्य गरेकी थिइन् साथै सहजिकरणको कार्यमा पोखरा शाखाका कर्मचारीहरूले पनि सहयोग गरेका थिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस