Like us!
Follow us!
Connect us!
Watch us!

बुधबार अमेरिकी डलरको भाउ घट्याे, अरू मुद्राकाे के भयाे त ?

निशा हुमाँगाई

बुधबार, २२ माघ २०७६, १० : ४६ मा प्रकाशित

बुधबार अमेरिकी डलरको भाउ घट्याे, अरू मुद्राकाे के भयाे त ?

अर्थ संसार, काठमाडौं – नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार नेपाली बजारमा आज (बुधबार) एक अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ७३ पैसा र बिक्रीदर ११४ रुपैयाँ ३३ पैसा रहेकाे छ ।

त्यस्तै, कोरियन वन एक सयको खरिददर९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ९ रुपैयाँ ५३ पैसा तोकिएको छ । त्यसैगरी, एक कतारी रियालको खरिददर ३१ रुपैयाँ २४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४० पैसा रहेकाे छ ।

त्यसैगरी, बुधबार एक कुवेती दिनारको खरिददर ३७३ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ६६ पैसा तोकिएको छ । आज एक बहराईन दिनारको खरिददर  ३०१ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३०३ रुपैयाँ २७ पैसा रहेकाे छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ६७ पैसा र बिक्रीदर २७ रुपैयाँ ८१ पैसा तोकिएको छ । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३१ पैसा र बिक्रीदर ३० रुपैयाँ ४७ पैसा तोकिएको छ ।

यसका साथै, बुधबार एक युएई दिरामको खरिददर ३० रुपैयाँ ९६ पैसा र बिक्रीदर ३१ रुपैयाँ १३ पैसा रहेको छ । ओमानी रियाल १ को खरिददर २९६ रुपैयाँ ४५ पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको