Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से लगातार उकालो, बजार १८०६ मा

बुधबार, १९ असोज २०७३, १६ : ०१ मा प्रकाशित

नेप्से लगातार उकालो, बजार १८०६ मा


काठमाडौं–यस साता लगातार उक्लिरहेको सेयर बजार बुधबार पनि ८ अंकले माथि चढेर बन्द भएको छ । बजारले १८०० अंक पार गरेर १८०६ अंकमा पुगेको हो । 

बुधबार ९२ करोड ८४ लाख रुपैयाँको कारोबार भएको छ । यस दिन बैंकिङ समूह साढे १३ अंकले बढेको छ । यसबाहेक जलविद्युत करिव २४, बिमा समुह करिव १९ र उत्पादनमूलक समूह करिव २४ अंकले घटेका छन् ।

यस्तै होटल ५९, विकास बैंक करिव पाँच, फाइनान्स साढे ४ र  अन्य साढे २ अंक बढेका छन् ।
यस दिन बैंक अफ काठमाण्डू लुम्बिनीको २९ करोड ८८ लाखको किनबेच भएको छ । यसपछि दोस्रोमा एभरेष्ट बैंकको १० करोड ३९ लाख रुपैयाँको कारोबार भएको छ ।

यस दिन कालिका माइक्रोक्रेडिट, सेवा विकास, कुमारी र ज्योति विकास बैंकको सेयर १० प्रतिशतले हाराहारी बढेको छ । बढेको बजारमा पनि गुमाउनेमा सानिमा माइ, रिलायन्स लोटसलगायतका कम्पनी छन् ।
दशैंको असर नेप्सेमा खासै नपरेको देखिएको छ । कारोबार रकम भने केही घटेको देखिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको