Like us!
Follow us!
Connect us!
Watch us!

नाइजेरियामा तीस जनाको विभत्स हत्या

आइतबार, ०४ फागुन २०७६, १५ : ४८ मा प्रकाशित

नाइजेरियामा तीस जनाको विभत्स हत्या

अर्थ संसार, काठमाण्डौं - अफ्रिकी मुलुक नाइजेरियामा हतियारधारी समूहको आक्रमणमा परी ३० जनाको मृत्यु भएको छ । देशको उत्तरपश्चिमी क्षेत्रमा पर्ने ग्रामीण क्षेत्रमा भएको हिंसात्मक घटनामा परी उनीहरुको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।     

त्यस्तै प्रहरी अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार मोटरसाईकलमा आएका दर्जनौ बन्दुकधारीले गाउँलेहरुलाई अन्धाधुन्ध आक्रमण गरेका थिए । उनीहरुले काट्सीना राज्यमा पर्ने साउवा र डाङकर गाउँमा बस्ने स्थानीय बासिन्दालाई शुक्रबार गोली प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ । आक्रमणकारीहरुले स्थानीय बासिन्दालाई घर घरमै आक्रमण गर्नुका साथै उनीहरुको घरमा आगजानी समेत गरेका छन् । स्थानीय एक बासिन्दाले भने, “यति दर्दनाक र क्रुर घटना मैले जीवनमा अहिलेसम्म देखेको थिइनँ ।”  

त्यसैगरी, “हतियारधारी आक्रमणकारीहरुले साउवामा २१ जनाको हत्या गरेका छन् भने अरु नौ जनालाई डाङ्कर गाउँमा हत्या गरेका छन्,” कात्सिनाका प्रहरी प्रवक्ता गाम्बो इसाहले भने । मृत्यु भएका मध्ये अधिकांश बृद्धबृद्धा र बालबालिका रहेका छन् । आक्रमणकारीहरुले आक्रमण गर्न थालेपछि भाग्न नसकेकाले मृत्यु हुनेमा बृद्धबृद्धा र बालबालिका धेरै भएको अधिकारीहरुले जनाएका छन् ।     
     
आक्रमणकारीहरुले मानव हत्या र घरहरुमा आगजनी गरेकाले घटना दर्दनाक देखिएको प्रहरीको भनाई छ । - रासस   
     

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको