अर्थ संसार, काठमाडौं – लुम्बिनी जनरल इन्स्याेरेन्सले सर्वसाधारण समूहकाे अवितरित हकप्रद शेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएकाे छ । कम्पनीले सर्वसाधारण समूहको ९९ हजार ७२६ कित्ता शेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको हाे ।
यसैगरी, कम्पनीले गत कात्तिक २४ गतेदेखि मंसिर २९ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरेको हकप्रद शेयरमा आवेदन नपरेको उक्त शेयर लिलामी मार्फत बिक्री गर्न लागेकाे हाे ।
यस्तै, उक्त हकप्रद शेयर खरीद गर्न इच्छुक व्यक्ति, कम्पनी, संघ तथा संस्थाहरूले फागुन १४ गतेदेखि २१ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।
त्यसैगरी, उक्त शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सोभन्दा बढी रकम अंकित गरी बोलपत्र पेश गर्नु पर्नेछ ।
त्यस्तै, कम्पनीको शेयर बिक्री प्रबन्धक सिविआईएल क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथमा सिटिजन्स बैंकका विराटनगर, विरगंज, हेटौँडा, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखाबाट आवेदन दिन सक्नेछन् ।
कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस