Like us!
Follow us!
Connect us!
Watch us!

सुनकाे मूल्यले गर्याे रेकर्ड ब्रेक, इतिहासमै उच्च

निशा हुमाँगाई

आइतबार, ११ फागुन २०७६, १० : ५१ मा प्रकाशित

सुनकाे मूल्यले गर्याे रेकर्ड ब्रेक, इतिहासमै उच्च

अर्थ संसार, काठमाडौं – आज (आइतबार) पनि नेपाली बजारमा सुनकाे मूल्यले नयाँ इतिहास बनाएर रेकर्ड ब्रेक गरेकाे छ । आइतबार सुन ताेलामा सात सय रूपैयाँले बढेर प्रतिताेला ७८ हजार ८ सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

उक्त मूल्य पनि नेपाली बजारमा अहिलेसम्मकै उच्च मूल्य हाे ।

त्यसैगरी, आइतबार चाँदीकाे मूल्य पनि ताेलामा ५ रूपैयाँले बढेर प्रतिताेला ९ सय २० रुपैयाँ कायम रहेको महासंघले बताएकाे छ ।  

त्यस्तै, लगातार सुनकाे मूल्य बढ्नाले काराेबार ह्वात्तै घटेकाे सुन व्यवसायीहरूकाे गुनासाे रहेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको