Like us!
Follow us!
Connect us!
Watch us!

आइएमई जनरल इन्स्याेरेन्सकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम माैका, सभा कहिले ?

निशा हुमाँगाई

आइतबार, ११ फागुन २०७६, १० : १२ मा प्रकाशित

आइएमई जनरल इन्स्याेरेन्सकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम माैका, सभा कहिले ?

अर्थ संसार,काठमाडौं – आइएमई जनरल इन्स्याेरेन्सकाे लाभांश सुरक्षित गर्ने आज (फागुन ११ गते, आइतबार) अन्तिम दिन रहेकाे छ । कम्पनीले आफ्नाे २२औं वार्षिक साधारण सभा फागुन २४ गते शनिबार लैनचाैर बैङक्वेटस, लैनचाैर काठमाडौंमा बिहान १० बजेलाई आह्वान गरेकाे छ ।

यसैगरी, कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनार्थका लागि भाेलिबाट बुकक्लोज गर्नेछ । त्यसैले, आजसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

उक्त सभामा सञ्चालक समितिले निर्णय गरेकाे ६ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनको लागि ०.३१ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

यसैगरी, सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीकाे आर्थिक वर्ष २०७५/७६ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ ।

त्यस्तै, सभामा आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक ताेकिनेछ ।

यस्तै, सभामा  सञ्चालक समितिबाट प्रस्ताव भए बमाेजिम कम्पनीकाे हाल कायम चुक्ता पूँजीकाे ६ प्रतिशत बाेनस शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरीनेछ । 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको