Like us!
Follow us!
Connect us!
Watch us!

‘एनएमबी तलब खाता’ र ‘एनएमबी सुपर तलब खाता’ परिष्कृत रूपमा

अर्थ संसार

सोमबार, १२ फागुन २०७६, ०८ : २३ मा प्रकाशित

‘एनएमबी तलब खाता’ र ‘एनएमबी सुपर तलब खाता’ परिष्कृत रूपमा

अर्थ संसार, काठमाडौं -एनएमबी बैंकले आफ्नो लोकप्रिय ‘एनएमबी तलब खाता र ‘एनएमबी सुपर तलब खातामा परिष्कृत विविधताका साथ नयाँ खाता योजनाहरू सञ्चालनमा ल्याएको छ ।

यस योजनाअन्तर्गत खातावालहरूलाई १८ लाख रुपैयाँसम्मको कुल बिमा सुविधा प्रदान गरिने बैंकले जनाएको छ ।

दुई नयाँ योजनाहरू मध्ये ‘एनएमबी प्रिमियम तलब खाता’ मा ग्राहकहरूलाई १० लाख रुपैयाँसम्मको दुर्घटना मृत्यु बिमा, १८ प्रकारका घातक रोगहरूका लागि ५ लाख रुपैयाँसम्मको बिमा सुविधा प्रदान गरिएको छ भने ‘एनएमबी प्रिमियम सुपर तलबखाता’मा ग्राहकहरूले १० लाख रुपैयाँसम्मको दुर्घटना मृत्यु बिमा, १८ प्रकारका घातक रोगहरूका लागि ७ लाख रुपैयाँसम्म बिमा र १ लाख रुपैयाँसम्मको स्वास्थ्य उपचार बिमाबाट लाभान्वित हुन सक्ने भन्दै बैंकले उल्लेखित खाताहरू शून्य मौज्दातमै खोल्न सकिने पनि जनाएको छ ।

रकम मात्र नभई सुविधाको दायरा पनि बिस्तार गर्ने उद्देश्यको साथ ‘एनएमबी प्रिमियम तलब खाता’ र ‘प्रिमियम सुपर तलब खाता’ को सुरुवात गरिएको दाबी पनि बैंकले गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको