Like us!
Follow us!
Connect us!
Watch us!

चीन जाने नेपालीको भिसा शुल्क दुई गुनाले बढ्याे

सोमबार, १२ फागुन २०७६, ११ : ५९ मा प्रकाशित

चीन जाने नेपालीको भिसा शुल्क दुई गुनाले बढ्याे

अर्थ संसार, काठमाडाैं -­ चीन सरकारले नेपाली नागरिकले तिर्नुपर्ने भिसा शुल्क लगभग दुई गुनाले बढाएकाे छ ।

यसअघिको भिसा र सेवा शुल्क परिमार्जन गर्दै चीनले शुल्क वृद्धि गर्ने निर्णय गरेको हो । शुल्क वृद्धि पश्चात अब नेपालीले चीनको भिसाका लागि ६ हजार २ सय रूपैयाँ तिर्नुपर्ने भएकाे छ । यसअघि भिसा शुल्क २ हजार २ सय रूपैयाँ रहेकाे थियाे । 

यस्तै, चीन सरकारले नेपालसँगै अन्य देशकाे भिसा शुल्क समेत बढाएकाे छ । चीनले क्यानडा, रोमनिया, इजरायल, ब्राजिल, अर्जेन्टिनालगायत देशका भिसा शुल्क बढाएको हाे ।  

त्यसैगरी, सञ्चालन खर्च, कर्मचारी, उपकरण नेपालको कानून अनुसारको कर लगायत कारणले भिसा शुल्क वृद्धि गरीएको भिसा सेन्टरका निर्देशक झाङ्ग चियोङ्गले जानकारी दिएका छन् ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको