Like us!
Follow us!
Connect us!
Watch us!

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारतमा

सोमबार, १२ फागुन २०७६, १२ : ४४ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारतमा

अर्थ संसार, काठमाण्डौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने औपचारिक भ्रमणको क्रममा सोमबार भारत आइपुगेका छन् । 

राष्ट्रपति ट्रम्पलाई भारतीय संस्कृति झल्कने विभिन्न झाँकीका साथ भव्य स्वागत गरिएको छ । ट्रम्प सवारी हुने सडकका दायाँबायाँ ठूलो संख्यामा मानिसहरु ट्रम्पलाई स्वागत गर्न भेला भएका छन् । राष्ट्रपति ट्रम्पलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अहमदाबाद विमानस्थलमा स्वागत गरेका थिए। 
 
मोदीको गृहराज्य गुजरातमा निर्माण भएको विश्वकै सबैभन्दा ठूलो क्रिकेट रङ्गशालामा आयोजना हुने विशाल सभालाई राष्ट्रपति ट्रम्प र प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्ने छन् । यहाँ करिब १ लाख व्यक्ति सहभागी हुने अनुमान गरिएको छ । 

भ्रमणमा राष्ट्रपतिका साथ उनका पत्नी मेलानीया ट्रम्पसहित अन्य विशिष्ट व्यक्तिहरु सहभागी रहेका छन्। 

विमानस्थलबाट राष्ट्रपति ट्रम्प र उहाँका पत्नी मेलानीया ट्रम्प सावरमती आश्रम (गान्धी आश्रम) गएका छन् । त्यसपछि उनिहरु क्रिकेट रङ्गशालामा आयोजना हुने कार्यक्रममा सहभागी हुने छन् । - रासस  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको