अर्थ संसार, मनाङ-एनएमबी लघुवित्त कार्यालय चामेमा कार्यरत कल्पना गुरुङ बैंकिङ कसुरमा पक्राउ परेका छन् । गुरुङ सो वित्तीय सस्थाबाट रु ६० लाख ७० हजार अनियमितता गरेको देखिएपछि गत आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कास्कीको हेम्जामा मुख्य कार्यालय रहेको सो चामे गाउँपालिकामा रहेको सो सस्थामा उनले दुई वर्षदेखि सहायक कनिष्ट पदमा कार्यरत हुनुहुन्थ्यो । सो रकम अनियमितता भएको देखिएपछि मुख्य कार्यालयबाट उच्च अदालत कास्कीमा उजुरी समेत परेको जनाइएको छ । गुरुङले ४३ जनाको नाममा कीर्ते तमसुक बनाइ कर्जा निकालेको थिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस