Like us!
Follow us!
Connect us!
Watch us!

अन्तत : हरियाे भएरै बन्द भयाे शेयर बजार

निशा हुमाँगाई

विहीबार, १५ फागुन २०७६, १५ : ०५ मा प्रकाशित

अन्तत : हरियाे भएरै बन्द भयाे शेयर बजार

अर्थ संसार, काठमाडौं – राताे-हरियाे-राताे हुँदाहुँदै अन्तत आज (बिहीबार) पनि शेयर बजार हरियाे भएरै बन्द भएकाे छ । त्यती मात्र हैन नेप्से उच्च अंकले समेत वृद्धि भएकाे छ र काराेबार रकमले समेत नयाँ रेकर्ड कायम गरेकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक ३६.०५ अंकले वृद्धि भएको छ ।

बिहीबार शेयर बजार ३६.०५ अंकले बढेर एक हजार ६३२.१७ मा पुगेकाे छ ।नेप्सेको वृद्धि प्रतिशतका आधारमा २.२६ हो । यस्तै सेन्सेटिभ परिसूचक ११.६३ अंकले वृद्धि भई ३४७.६८ मा पुगेको छ ।

कूल १८० कम्पनीकाे १ कराेड ८ लाख ५९ हजार ६५६ कित्ता शेयर खरिदविक्री हुँदा ४ अर्ब ४६ करोड ५ लाख ३६ हजार २५१ रुपैयाँको कारोबार भएकाे छ । 

त्यसैगरी, स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूह मध्ये आज तिन उपसमूहको शेयर बढेको छ भने नाै उपसमूहकाे शेयर घटेकाे छ ।

बिहीबार बैंकिङ ८३.२९ अंक, विकास बैंक ३८.६५ अंक र उत्पादन १६.४५ अंकले बढेकाे छ ।

त्यस्तै, व्यापार ४८.४३ अंक, हाेटल २७.६२ अंक, जलविद्युत २१.५ अंक, फाइनान्स ८.५२ अंक, निर्जिवन लाइफ २१३.३९ अंक, अन्य २२.५३ अंक, माइक्राेफाइनान्स ५६.३५ अंक, लाइफ इन्स्योरेन्स १६४.६३ अंक र सामूहिक लगानी कोष समूह ०.१६ अंकले बढेकाे छ ।

         हेराैं आजकाे शेयर तालिका :

5e578ed2c3942.jpg 5e578ed661a14.jpg 5e578eda747fd.jpg 5e578edeea30d.jpg 5e578ee326a5c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको