Like us!
Follow us!
Connect us!
Watch us!

डिजेल र पेट्रोलमा लाग्ने कर ५ रूपैयाँले बढ्याे

निशा हुमाँगाई

विहीबार, १५ फागुन २०७६, १६ : १६ मा प्रकाशित

डिजेल र पेट्रोलमा लाग्ने कर ५ रूपैयाँले बढ्याे

अर्थ संसार, काठमाडौं - नेपाल सरकारले पेट्रोलियम पदार्थमा लाग्ने कर बढाएकाे छ ।

बिहीबार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आयोजना गरिएकाे पत्रकार सम्मेलनमा बोल्दै उक्त मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका अर्थमन्त्री युवराज खतिवडाले अब पेट्रोल र डिजेलमा सरकारले प्रतिलिटर ५ रुपैयाँ विकास कर थपेर १० रुपैयाँ पुर्याउने निर्णय गरेको जानकारी दिएका छन् ।

त्यस्तै, यसअघि सरकारले बूढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि पेट्रोलियम पदार्थमा प्रतिलिटर ५ रूपैयाँ विकास कर लगाउन थालेकाे थियाे । साेही करमा ५ रूपैयाँ थपेर १० रूपैयाँ पुर्याइएकाे हाे । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको