Like us!
Follow us!
Connect us!
Watch us!

शतप्रतिशत हकप्रद शेयर बिक्री गर्न सिभिल लघुवित्तलाई धितोपत्र बोर्डको अनुमति

निशा हुमाँगाई

विहीबार, १५ फागुन २०७६, १७ : २१ मा प्रकाशित

शतप्रतिशत हकप्रद शेयर बिक्री गर्न सिभिल लघुवित्तलाई धितोपत्र बोर्डको अनुमति

अर्थ संसार, काठमाडौं - नेपाल धितोपत्र बोर्डले सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडलाई चुक्ता पूँजीको शतप्रतिशत (१००%) हकप्रद शेयर जारी गर्न अनुमति दिएकाे छ ।

संस्थाले १ः१ काे अनुपातमा ११ लाख ४१ हजार १४० कित्ता शेयर बिक्री गर्न धितोपत्र बोर्डबाट हिजाे (फागुन १४ गते,बुधबार) अनुमति पाएकाे हाे ।

त्यस्तै, सेञ्चुरी क्यापिटललाई बिक्री प्रबन्धक ताेकिएकाे उक्त हकप्रद पश्चात संस्थाकाे चुक्ता पूँजी २२ करोड ८२ लाख २८ हजार रुपैयाँ पुग्दछ । हाल संस्थाकाे चुक्ता पूँजी ११ करोड ४१ लाख १४ हजार रूपैयाँ रहेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको