Like us!
Follow us!
Connect us!
Watch us!

लिवर्टी ईनर्जीले आइपीओ निष्कासन गर्दै, क-कसले भर्न पाउने ?

निशा हुमाँगाई

शुक्रबार, १६ फागुन २०७६, १० : ५४ मा प्रकाशित

लिवर्टी ईनर्जीले आइपीओ निष्कासन गर्दै, क-कसले भर्न पाउने ?

अर्थ संसार, काठमाडौं – लिवर्टी ईनर्जी कम्पनी लिमिटेडले १५ लाख कित्ता साधारण शेयर (आइपीओ) निष्कासन गर्ने भएको छ । 

कम्पनीले १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता आइपीओ उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि फागुन २७ गतेदेखि निष्कासन गर्न लागेको हो । 

यस्तै, कम्पनीले आयोजनाको अति प्रभावित क्षेत्र लमजुङ जिल्लाको दोर्दी गाँउपालिकाको वडा नं. ६ र ७ मा स्थायी बसोबास गर्ने बासिन्दाहरुमा स्थानीयलाई छुट्याएको मध्ये  ३३.३३ प्रतिशत अर्थात ५ लाख कित्ता र बाँकी वडा र बेशिसहर नगरपालिकाको वडा नं. ११ मा स्थानीयलाई छुट्याएको मध्ये ३३.३३ प्रतिशत अर्थात ५ लाख कित्ता निष्कासन गर्नेछ । त्यस्तै, यस बाहेकका ३३.३३ प्रतिशत अर्थात ५ लाख कित्ता शेयर लमजुङ जिल्लाका सम्पूर्ण बासिन्दाका लागि निष्कासन गर्नेछ ।

त्यसैगरी, प्रतिकित्ता १०० रुपैयाँको दरले उक्त साधारण शेयरमा लमजुङबासीले न्यूनतम १० कित्ता अर्थात १ हजार रुपैयाँदेखि अधिकतम १० हजार कित्ता अर्थात १० लाख रुपैयाँसम्मका लागि आवेदन दिन सक्नेछन् । 

उक्त साधारण शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल रहेको कम्पनीले जनाएकाे छ । साधारण शेयरमा छिटोमा चैत ११ गतेसम्म र ढिलोमा चैत २६ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीलाई नेपाल धितोपत्र बोर्डले ३७ करोड ५० लाख ४० हजार रुपैयाँ बराबरको ३७  लाख ५० हजार कित्ता आइपीओ बिक्री गर्न अनुमति दिएको छ जसमा १५ लाख कित्ता स्थानीयलाई र २२ लाख ५० हजार कित्ता सर्वसाधारणलाई निष्कासन हुनेछ । अब दोस्रो चरणमा कम्पनीले सर्वसाधारणका लागि २२ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्नेछ । 

5e58a717c875a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको