Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकले दियो चौतारी र आरम्भलाई मर्जरकाे अन्तिम स्वीकृती

निशा हुमाँगाई

सोमबार, १९ फागुन २०७६, १२ : ५५ मा प्रकाशित

राष्ट्र बैंकले दियो चौतारी र आरम्भलाई मर्जरकाे अन्तिम स्वीकृती

अर्थ संसार, काठमाडौं - नेपाल राष्ट्र बैंकले चौतारी लघुवित्त  वित्तीय संस्था र आरम्भ लघुवित्त वित्तीय संस्थालाई मर्जरकाे लागि अन्तिम स्वीकृती प्रदान गरेकाे छ । बैंककाे हिजाे (फागुन १८ गते, आइतबार) बसेको सञ्चालक समितिको बैठकले उक्त स्विकृती प्रदान गरेको हाे ।

यसैगरी, ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३’ बमोजिम मर्जर प्रक्रिया सम्पन्न गर्न दुवै लघुवित्तलाई अन्तिम स्विकृती प्रदान गरिएकाे बैंकले जनाएकाे छ ।

त्यसैगरी, दुवै लघुवित्तहरुको साधारण सभामा गरिएकाे निणर्य बमोजिम १ बराबर १ को शेयर स्वाप अनुपातमा शेयर पूँजी मिलान गर्नका लागि पनि राष्ट्र बैंकले अनुमति प्रदान गरेको छ ।

त्यस्तै, लघुवित्तहरुलाई छिटो एकिकृत कारोबार गरी रोक्का रहेको दुवै लघुवित्तको शेयर कारोबार मर्जर पश्चात चौतारी लघुवित्तको नामबाट छिट्टै कारोबार फुकुवा गर्ने व्यवस्था मिलाउन समेत बैंकले आग्रह गरेको छ ।  मर्जर पश्चात लघुवित्तकाे केन्द्रिय कार्यालय बनेपा नगरपालिकामा रहने भएकाे छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको