Like us!
Follow us!
Connect us!
Watch us!

यसकारण ललितपुरका यी ठाँउमा तीन दिन बत्ती जाँदै

निशा हुमाँगाई

विहीबार, २२ फागुन २०७६, ११ : २४ मा प्रकाशित

यसकारण ललितपुरका यी ठाँउमा तीन दिन बत्ती जाँदै

अर्थ संसार, काठमाडौं – आज (बिहीबार) बाट शनिबारसम्म ललितपुर उपत्यकाकाे विभिन्न स्थानमा दिनभर बत्ती जाने नेपाल विद्युत् प्राधिकरणले जनाएकाे छ ।

प्राधिकरणका अनुसार पुल्चोक वितरण केन्द्रको पाटन फर्पि‍ग‌ं  फिडरबाट वितरीत ११ के भी  लाइन सुधार गर्नुपर्ने भएकाले बिहिबार, शुक्रबार र शनिबार बिहान १० बजेदेखि साँझ ६ बजेसम्म विद्युत् काटिने भएको हो ।

नेपाल विद्युत प्राधिकरणले दिएकाे जानकारी अनुसार यस फिडर अन्तर्गतका फर्सीडोल ,डुकुछाप, दनुवार वस्ती, जोर्खु, घुसेल, खोलाखेत एरिया लगायतका क्षेत्रहरुमा बत्ती जाने भएको हाे ।

त्यस्तै, प्राधिकरणले विद्यत् कटौती हुँदा ग्राहकवर्गमा पर्न गएको असुविधा प्रति क्षमा समेत मागेको छ । र, काम निर्धारित समय अगावै सकियाे भने ताेकिएकाे समयभन्दा अगाडि नै बत्ती आउनसक्ने समेत प्राधिकरणले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको