Like us!
Follow us!
Connect us!
Watch us!

सेञ्चुरी कमर्सियल बैंकले डाक्याे साधारण सभा, कहाँ, कहिले र शेयरधनीलाई कति लाभांश ?

निशा हुमाँगाई

विहीबार, २२ फागुन २०७६, १३ : १५ मा प्रकाशित

सेञ्चुरी कमर्सियल बैंकले डाक्याे साधारण सभा, कहाँ, कहिले र शेयरधनीलाई कति लाभांश ?

अर्थ संसार, काठमाडाैं - सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।

बैंककाे फागुन २० गते मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे नवाैं वार्षिक साधारण सभा चैत्र १४ गते शुक्रबार, आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडाैंमा बिहान ११ बजेदेखि सुरू हुने भएकाे छ ।

यसैगरी, बैंकले नवाैं वार्षिक साधारण सभा प्रयाेजनार्थका लागि फागुन ३० गतेबाट बुकक्लाेज गर्ने भएकाे छ । त्यस्तै बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरूलाई २ प्रतिशत बोनस र कर प्रयोजन समेत गरी ४.७५ प्रतिशत नगद लाभांश दिने विशेष प्रस्ताव सभामा पेश गर्दैछ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5e60af0b8915a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको