Like us!
Follow us!
Connect us!
Watch us!

सिटी एक्सप्रेस मनी ट्रान्सफर र EMQ बिच रेमिटान्स कारोबार सुरू

निशा हुमाँगाई

विहीबार, २२ फागुन २०७६, १३ : ५१ मा प्रकाशित

सिटी एक्सप्रेस मनी ट्रान्सफर र EMQ बिच रेमिटान्स कारोबार सुरू

अर्थ संसार, काठमाडाैं - ख्याति प्राप्त रेमिटान्स कम्पनी EMQ लिमिटेड र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटान्स कारोबार सुरू भएको छ ।

जापान, यु.ए.ई, जोर्डन स्थित उपभोक्ताहरूले EMQ को सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत अब सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नु हुनेछ र नेपालमा सिटी एक्सप्रेससंग आवद्ध ७५०० भन्दा बढि एजेन्टहरूबाट सजिलै भुक्तानी लिन सकिने या कुनै पनि बैंकको खातामा रकम जम्मा गर्न सकिने छ ।

उक्त सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र EMQ लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत म्याक्स एलेक्जेन्डर लिउले हस्ताक्षर गर्नुभएको छ ।

सिटी  एक्सप्रेसले रेमिटान्स क्षेत्रमाआफ्नो छुट्टै पहिचान बनाउँदै विगत १३ वर्षदेखि विश्वभरी आफ्नो रेमिट एजेन्टहरूबाट ७५०० भन्दा बढि नेपालको एजेन्टहरू मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको