Like us!
Follow us!
Connect us!
Watch us!

जनरल इन्स्योरेन्सले डाक्याे साधारण सभा, कहाँ र कहिले ?

निशा हुमाँगाई

शुक्रबार, २३ फागुन २०७६, १४ : ०१ मा प्रकाशित

जनरल इन्स्योरेन्सले डाक्याे साधारण सभा, कहाँ र कहिले ?

अर्थ संसार, काठमाडौं - जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले दाेश्राे वार्षिक साधारण आह्वान गरेकाे छ । कम्पनीकाे फागुन २० गते मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा चैत्र १४ गते शुक्रबार सिल्भर ओके बैंकेट तथा इभेन्ट सेन्टर, गौरिधारा, काठमाडौंमा दिउसो ४ः३० बजे सुरु हुनेछ ।

यसैगरी, सभामा सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७५/७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल गर्ने, आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरूमा छलफल गरीनेछ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5e62079934b42.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको