Like us!
Follow us!
Connect us!
Watch us!

आइएमई जनरल इन्स्याेरेन्सकाे साधारण सभा भाेलि, बाेनस शेयर जारी गर्ने विशेष प्रस्ताव

निशा हुमाँगाई

शुक्रबार, २३ फागुन २०७६, १५ : ५९ मा प्रकाशित

आइएमई जनरल इन्स्याेरेन्सकाे साधारण सभा भाेलि, बाेनस शेयर जारी गर्ने विशेष प्रस्ताव

अर्थ संसार,काठमाडौं – आइएमई जनरल इन्स्याेरेन्सकाे २२औं वार्षिक साधारण सभा भाेलि (फागुन २४ गते शनिबार) हुँदैछ । उक्त सभा लैनचाैर बैङक्वेटस, लैनचाैर काठमाडौंमा बिहान १० बजेबाट सुरू हुनेछ ।

यसैगरी, उक्त सभामा सञ्चालक समितिले निर्णय गरेकाे ६ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनको लागि ०.३१ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

यसैगरी, सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीकाे आर्थिक वर्ष २०७५/७६ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ ।

त्यस्तै, सभामा आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक ताेकिनेछ ।

यस्तै, सभामा  सञ्चालक समितिबाट प्रस्ताव भए बमाेजिम कम्पनीकाे हाल कायम चुक्ता पूँजीकाे ६ प्रतिशत बाेनस शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे थियाे :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको