Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी तालिम सम्पन्न

निशा हुमाँगाई

विहीबार, २९ फागुन २०७६, १६ : ४४ मा प्रकाशित

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी तालिम सम्पन्न

अर्थ संसार, काठमाडौं – सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण नीति सम्बन्धी तालिम सम्पन्न गरेको छ । २०७६ साल, फाल्गुण महिनामा आयोजित उक्त तालिम कम्पनीको प्रधान कार्यालयका सम्पुर्ण कर्मचारीहरू सहित काठमाडौं उपत्यकाका सबै शाखा प्रमुख लगायत सम्पूर्ण कर्मचारीहरूको सहभागितामा कम्पनीको प्रधान कार्यालय, टेकुमा सम्पन्न गरिएकाे हाे । 

यसैगरी, उक्त तालिम कम्पनीका अनुपालन अधिकृत दिपक कुवरले प्रस्तुत गरेका थिए । उनले गैर कानुनी कमाई र आतंककारी कार्यबाट संकलित कालो धनलाई बीमा क्षेत्रको माध्यमले सेतो धन बनाउने कार्यलाई कसरी नियन्त्रण गर्न सकिन्छ, यसका प्रकृयाहरू के के हुन, रिपोर्टिङ कसरी गर्ने आदी विषयमा विस्तृत जानकारी दिएका छन्  । 

त्यसैगरी, कम्पनीका प्रमुख सञ्चालन अधिकृत दशरथ मनी खड्का, सहायक महाप्रबन्दक दिप बहादुर बि. सि., प्रमुख बजार व्यवस्थापन अधिकृत कबी फुयालको उपस्थितीमा भएको उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले यसको महत्व र प्रभावका साथै यसलाई कार्यान्वयन गर्न हरेक कर्मचारीले गर्नुपर्ने कामको बारेमा जानकारी दिएका छन् । साथै, यस प्रकारको कार्यक्रम देशभरी क्रमशः विस्तार गरिने समेत उनले बताए ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको