Like us!
Follow us!
Connect us!
Watch us!

गुराँस लाइफ इन्स्याेरेन्सले हकप्रद शेयर निष्कासन गर्दै, कहिलेबाट र कति कित्ता ?

निशा हुमाँगाई

आइतबार, ०२ चैत्र २०७६, १७ : ०१ मा प्रकाशित

गुराँस लाइफ इन्स्याेरेन्सले हकप्रद शेयर निष्कासन गर्दै, कहिलेबाट र कति कित्ता ?

अर्थ संसार, काठमाडौं – गुराँस लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएकाे छ ।

कम्पनीकाे फागुन १२ गते साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे नवाैँ वार्षिक साधारण सभाबाट पारित भएकाे हाल कायम चुक्ता पूँजीकाे १०० प्रतिशत अर्थात १:१ काे अनुपातमा ९३ लाख ८५ हजार २०० कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेकाे हाे । 

यसैगरी, चैत्र २० गतेबाट निष्कासन गरिने उक्त हकप्रदमा वैशाख १० गतेसम्म आवेदन दिन सकिनेछ ।

उक्त हकप्रद निष्कासन प्रयाेजनकाे लागि फागुन २२ गते बिहीबार एक दिनकाे लागि शेयरधनी दर्ता पुस्तिका बन्द (बुकक्लोज) गरेको थियो । तसर्थ, फागुन २१ गते बुधबारसम्म कायम शेयरधनीहरूले मात्र यस हकप्रदमा आवेदन दिन सक्नेछन् ।

त्यस्तै, कम्पनीकाे शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । र, एनएमबि क्यापिटल, एनएमबि बैंकका विभिन्न शाखा कार्यालय, गुडविल फाइनान्सका शाखा कार्यालयहरु तथा सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट हकप्रद भर्न सकिने कम्पनीले जनाएकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको