Like us!
Follow us!
Connect us!
Watch us!

५ घण्टाकाे काराेबार : शेयर बजारमा ६४.१४ अंककाे गिरावट

निशा हुमाँगाई

आइतबार, ०२ चैत्र २०७६, १५ : ५६ मा प्रकाशित

५ घण्टाकाे काराेबार : शेयर बजारमा ६४.१४ अंककाे गिरावट

अर्थ संसार, काठमाडौं – आइतबार पाँच घण्टा काराेबार भएकाे शेयर बजारमा समेत उच्च अंककाे गिरावट आएकाे छ । आइतबारबाट दोश्रो बजारको समयअवधि एक घण्टा थपेर काराेबार समय दैनिक पाँच घण्टा बनाइएकाे भएपनि शेयर बजार भने फेरि राताम्मै भएकाे छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक ६४.१४अंकले घटेकाे छ ।

आइतबार शेयर बजार ६४.१४ अंकले घटेर एक हजार ३१३.०४ मा पुगेकाे छ ।नेप्से ४.६६ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ४.३६ अंकले घटेर २८२.६२ मा पुगेको छ ।

कूल १७४ कम्पनीकाे ५५ लाख ७० हजार ३० कित्ता शेयर खरिदविक्री हुँदा २ अर्ब १० करोड १४ लाख १७ हजार २९२ रुपैयाँको कारोबार भएकाे छ । 

त्यसैगरी, स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूह मध्ये आज सबै उपसमूहको शेयर घटेकाे छ ।

आइतबार बैंकिङ ५७ अंक, व्यापार ४३.७९ अंक, हाेटल ५२.४८ अंक, विकास बैंक ६२.८७ अंक, जलविद्युत ३२.८७ अंक, फाइनान्स २२.२ अंक, निर्जिवन लाइफ ४१६.७३ अंक, उत्पादन ८०.२३ अंक, अन्य १८.२३ अंक, माइक्राेफाइनान्स ९३.४३ अंक, लाइफ इन्स्योरेन्स ६२१.८८ अंक र सामूहिक लगानी कोष समूह ०.३१ अंकले घटेकाे छ ।

त्यस्तै, कारोबारका आधारमा आज पनि नेपाल लाइफ इन्स्याेरेन्स शीर्ष स्थानमा रहेको छ । कम्पनीको १७ करोड ३६ लाख ९० हजार ४४९ रूपैयाँ बराबरको शेयर कारोबार भएकाे छ ।

        हेराैं आजकाे शेयर तालिका :

5e6e0453de2d9.jpg 5e6e0457b9f3c.jpg 5e6e045c7d183.jpg 5e6e0460cac50.jpg 5e6e0466256f3.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको