अर्थ संसार, काठमाडौं - अपि पावर कम्पनी लिमिटेडकाे १६औँ वार्षिक साधारण सभा स्थगित भएकाे छ ।
यसअघि कम्पनीले आफ्नाे १६औँ वार्षिक साधारण सभा चैत्र ७ गते, शुक्रबार कार्की ब्यांक्वेट, बबरमहल, बबरमहल, काठमाडाैंमा गर्ने भनेकाे थियाे । नेपाल सरकारले चैत्र ५ गते एक सूचना जारी गर्दै विश्वभर फैलिरहेकाे काेराेना भाइरसका कारण कुनैपनि सार्वजनिक स्थलहरूमा २५ जना भन्दा धेरै व्यक्ति भेला नहुन निर्देशन दिए पश्चात उक्त सभा स्थगित गरिएकाे हाे ।
नयाँ गभर्नरका ४ प्रमुख जिम्मेवारी - पूर्व गर्भनर हिमालय शमशेर राणा
कम्पनीले, उक्त साधारण सभामा हाल कायम चुक्ता पुँजी १ अर्ब १९ करोड ७ लाख बराबरको प्रति शेयर १ सय रुपैयाँ अंकित दरले १ करोड १९ लाख ७ हजार कित्ता साधारण शेयरको १ : ०४७६ (अर्थात विद्यामान १ कित्ता साधारण शेयर बराबर ०.४७६ कित्ता साधारण शेयर) को अनुपातमा ५६ करोड ७० लाख रुपैयाँ बराबरको प्रति शेयर १ सय अंकित दरका ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको थियाे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस