अर्थ संसार, काठमाडौं- नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको साधारण शेयर (आइपीओ) मा आवेदन दिन दिने (आज) शुक्रबार अर्थात चैत्र ७ गते अन्ति दिन रहेको छ ।
कम्पनीले निष्कासन गरिएको तेस्रो दिन बिहीबार ५ बजेसम्म ३ करोड ८९ लाख ६ हजार ७१० कित्ताको लागि आवेदन परेको बिक्री प्रबन्धक आरबिबि मर्चेण्ट बैंकिङ लिमिटेडले जनाएको छ ।
शेयरधनीको पर्खाई र रोजाइमा रहेको यस कम्पनीको आइपिओमा २ लाख ९३ हजार २५९ जना आवेदकले आवेदन दिएका छन् ।
कम्पनीले चैत्र ४ गतेदेखि १ करोड ६० लाख कित्ता साधारण शेयर (आइपीओ) निष्कासन गरेको हो । कम्पनीले १ करोड ६० लाखमध्ये ७३ हजार ५०० कित्ता कर्मचारीको लागि, ८ लाख कित्ता सामूहिक लगानी कोषको लागि र बाँकी रहेको १ करोड ५१ लाख २६ हजार ५०० कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको हो ।
नेपाल पुनर्बीमा कम्पनीको IPO बिक्री खुल्ला, यस्ता छन् प्रक्रीया
आवेदन खुलाएको तेस्रो दिनमै माग भन्दा २ करोड २९ लाख ६ हजार ७१० कित्ता बढी आवेदन परेकोछ । यसमा प्रतिकित्ता १०० रुपैयाँको दरले उक्त साधारण न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।
कम्पनीले निष्कासन गरेको उक्त साधारण शेयरलाई इक्रा नेपालले ग्रेड २ रेटिङ प्रदान गरेको छ । यस शेयरमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । चैत्र ७ गते आवेदन दिने अन्तिम दिन रहेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस