Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल एसबिआईको "१०% नेपाल एसबिआई बैंक ऋणपत्र २०८६" बाँडफाँड

निशा हुमाँगाई

शुक्रबार, ०७ चैत्र २०७६, १३ : १३ मा प्रकाशित

नेपाल एसबिआईको "१०% नेपाल एसबिआई बैंक ऋणपत्र २०८६" बाँडफाँड

अर्थ संसार, काठमाडौं – नेपाल एसबिआई बैंक लिमिटेडकाे माघ २८ गतेदेखि फागुन २८ गतेसम्म निष्कासन गरिएकाे ऋणपत्रकाे बाँडफाँड भएको छ । 

बैंकले दश वर्ष अवधि तथा वार्षिक १० प्रतिशत व्याजदर भएकाे प्रति ऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्यका २५ लाख कित्ताले हुन आउने २ अर्ब ५० कराेड बराबरकाे ऋणपत्र मध्ये १५ लाख कित्ता ऋणपत्रले हुन आउने कूल १ अर्ब ५० कराेड रूपैयाँ ऋणपूँजी रकम व्यक्तिगत तवरबाट र १० लाख कित्ता ऋणपत्रले हुन आउने कूल १ अर्ब रूपैयाँ ऋणपूँजी रकम (साे मध्ये ५ प्रतिशत अर्थात ५० हजार कित्ता ऋणपत्र सामुहिक लगानी काेषका लागि छुट्टयाएकाे समेत) सर्वसाधारणका लागि निष्कासन गरेको थियो ।

त्यस्तै, उक्त ऋणपत्रमा रितपूर्वक आवेदन दिने सम्पूर्ण आवेदकले माग गरे बमोजिमको कित्ता पाएका छन् । बैंककाे निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको