Like us!
Follow us!
Connect us!
Watch us!

अब इसेवाबाट बैंकहरूमा निशुल्क पैसा पठाउनुहाेस्

निशा हुमाँगाई

शुक्रबार, ०७ चैत्र २०७६, १२ : २२ मा प्रकाशित

अब इसेवाबाट बैंकहरूमा निशुल्क पैसा पठाउनुहाेस्

अर्थ संसार, काठमाडौं – डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने सरकारी नीति अनुसार इसेवाबाट आफ्नो बैंक खातामा रकम पठाउँदा शुल्क नलाग्ने भएको छ । इसेवाले हिजाे बिहीबार रातीदेखि अप्रिल ३० सम्मका लागी  लागु हुनेगरी बैंकमा रकम ट्रान्सफर  गर्दा शुल्क नलाग्ने जनाएको छ ।

इसेवामार्फत इसेवा खातामै (पि टु पी ट्रान्स्फर ) गर्दा यस अघि नै निशुल्क सेवा रहेकोमा अब बैंक ट्रान्स्फर पनि निशुल्क बनाइएको हो इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले बताए, ‘अहिलेको अवस्थामा बैंकहरूसँगको सहकार्यमा बैंक ट्रान्सफरलाई निशुल्क बनाएका छौँ । यसले ग्राहकलाई थप सहज हुने र सेवा  सर्वसुलभ हुने अपेक्षा गरेका छौँ ।'

त्यस्तै, इसेवाले ग्राहकका लागी अन्य सहुलियतका कार्यक्रम समेत ल्याउने जनाएको छ । इसेवा नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो । इसेवामार्फत मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई हजार भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ४९ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको