Like us!
Follow us!
Connect us!
Watch us!

सप्तकोशी डेभलपमेन्ट बैंकले डाक्याे सभा कहाँ, कहिले र शेयरधनीलाई कति लाभांश ?

निशा हुमाँगाई

आइतबार, ०९ चैत्र २०७६, १२ : २७ मा प्रकाशित

सप्तकोशी डेभलपमेन्ट बैंकले डाक्याे सभा कहाँ, कहिले र शेयरधनीलाई कति लाभांश ?

अर्थ संसार, काठमाडौं – सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । 

बैंककाे चैत्र ८ गते शनिबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे १२औं वार्षिक साधारण सभा चैत्र ३० गते आइतबार उद्योग संगठन मोरङ, विराटनगरमा बिहान १०:३० बजेबाट सुरू हुनेछ । 

यसैगरी, सभामा बैंककाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, बैंककाे आर्थिक वर्ष २०७५/७६ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि ताेकिनेछ ।

त्यस्तै, सभामा हाल कायम चुक्ता पूँजीको ६ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने र संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालक र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्ने विशेष एजेन्डा रहेकाे छ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5e770a68b31ed.jpg 5e770a703c41e.jpg 5e770a780124a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको