Like us!
Follow us!
Connect us!
Watch us!

लघुवित्तले सञ्चालन खर्च घटाउनुपर्छ

शुक्रबार, ०४ चैत्र २०७३, १० : १९ मा प्रकाशित

अर्थ संसार 
काठमाडौं–लघुवित्त संस्थाहरूले प्रविधिको प्रयोग, असल अभ्यासको हस्तान्तरणबाट सञ्चालन खर्च न्यूनीकरण गर्नुपर्ने सरोकारवालाहरूले बताएका छन् । लघुवित्तीय संस्थाहरूको सञ्चालन खर्च न्यूनीकरणको प्रत्यक्ष लाभ ऋणग्राहीले प्राप्त गर्नसक्ने हुँदा गरिबी निवारणमा प्रभावकारी योगदान पुग्ने उनीहरूको भनाई छ । 

राजधानीमा बुधबारदेखि सुरु भएको लघुवित्त सम्मेलनमा ‘लघुवित्त समुहको संस्थागतकरण’ विषयमा बोल्ने क्रममा सहकारी विभागका पूर्वरजिष्ट्रार विष्णु घिमिरेले लघुवित्त संस्थाहरूको सञ्चालन खर्च उच्च हुँदा ऋणको ब्याज महँगो भएको बताउनुभयो ।

उहाँले लघुवित्त संस्थाले प्रविधिको समुचित प्रयोग र अन्य देशहरूमा प्रचलनमा रहेका असल अभ्यासहरूबाट सञ्चालन खर्च सापेक्षा रुपमा घटाउन अत्यावश्यक रहेको औंल्याउनुभयो । ‘लघुवित्त समुहको संस्थागतकरण हुन नसक्दा सदस्यहरूमाथि ब्याजदर महँगो भएको छ,’ उहाँले भन्नुभयो । लघुवित्त विज्ञ सुनील खनालले ‘लघुवित्त समुहको संस्थागतकरण’ को विषयमा कार्यपत्र प्रस्तुत गर्दै लघुवित्त समुहलाई कानुनी मान्यता दिनु पर्नेमा जोड दिनु भयो । 

युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी निर्देशक डा। विष्णुप्रसाद गौतमका अनुसार लघुवित्त संस्थाले उत्पादनको क्षेत्रमा भन्दा पनि घरेलु खर्चमा जोड दिएकाले सदस्यहरूको आर्थिक उन्नति हुन सकेको छैन । ‘लघुवित्तले उत्पादनमूलक क्षेत्रभन्दा गैरउत्पादनमूलक क्षेत्रमा लगानी गरिरहेका छन्, लघुवित्तले गाउँमा गएर समुह बनाउनु पर्छ, सरकारको पनि सहयोगमा उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्छ,’ उहाँले भनुभयो ।

कुनै एउटा समुहले केही उत्पादन ग¥यो तर बजार पाएन भने पनि लघुवित्त समुहका सदस्यले उत्पादन प्रयोग गर्न मिल्ने वातावरण बनाउनु पर्ने उहाँको भनाई थियो । केही व्यक्तिको स्वार्थका लागि जथाभावी लगानी गर्नाले अन्य सदस्यले त्यसको मार खेप्नु परको पनि उहाँले बताउनु भयो । 


लघुवित्त समुहको संस्थागत विकास गर्नु धेरै महत्वपुर्ण कुरा भएको लिप नेपालका अध्यक्ष विष्णु पाठकले बताउनु भयो । अनैपचारीक रुपमा सञ्चालन गरिएका समुहलाई कसरी संस्थागत गर्ने भन्ने कुरामा चुनौति रहेको उहाँले बताउनु भयो ।संस्थागत विकास भएमात्र बचतको सुरक्षा र विश्वसनीयता हुने उँहाको भनाइ थियो ।   

दिगो विकास, पारदर्शिता, सुशासन र सदस्यहरूको सुरक्षाको लागि लघुवित्त समुहलाई संस्थागत गर्न आवश्यक रहेको अन्तराष्ट्रिय विज्ञ अच्युतहरि अर्यालले बताउनु भयो । अझै हिमाली र पहाडी क्षेत्रमा लघुवित्त संस्था नगएको उहाँको गुनासो थियो । साना लघुवित समुहलाई ती क्षेत्रमा लैजान कोषको आवश्यकता भएको उहाँले औँल्याउनु भयो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको