Like us!
Follow us!
Connect us!
Watch us!

सिड इनर्जी लिमिटेडको वित्तीय विवरण: कुल नाफामा १२० प्रतिशतको वृद्धि,कस्ता छन् अन्य सूचक ?

अर्थ संसार

आइतबार, ३० मंसिर २०८१, १८ : ०६ मा प्रकाशित

सिड इनर्जी लिमिटेडको वित्तीय विवरण: कुल नाफामा १२० प्रतिशतको वृद्धि,कस्ता छन् अन्य सूचक ?

सिड इनर्जी लिमिटेडले चालु आर्थिक बर्षको तीन महिनामा कम्पनीको नाफा बढाएको छ । 

कुल नाफा

कम्पनीले चालु आर्थिक बर्षको असोज मसान्तसम्म १ करोड १५ लाख कुल नाफा आर्जन गरेको छ । यो गत बर्षको तुलनामा १२०.५५ प्रतिशतले बढी हो । गत बर्षको यो अवधीमा कम्पनीले ५२ लाख १८ हजार कुल नाफा आर्जन गरेको थियो । 

सञ्चालन खर्च

कम्पनीले असोज मसान्तसम्म २० लाख ४६ हजार सञ्चालन खर्च गरेको छ  । गत बर्ष कम्पनीको यस्तो खर्च १८ लाख ८९ हजार रहेको थियो । 

वित्तिय आम्दानी 

समिक्षा अवधिमा कम्पनीको वित्तिय आम्दानी बढेको छ । यो अवधिमा कम्पनीको वित्तिय आम्दानी ६८ लाख ३७ हजार पुगेको छ । गत बर्ष भने कम्पनीको वित्तिय आम्दानी ५२ लख १८ हजार रहेको थियो । 

नेटवर्थ

यो अवधिमा कम्पनीको नेटवर्थ १ अर्ब ४१ लाख ३७ हजार ३०७ रुपैँया गत बर्ष कम्पनीको ६९ करोड ८९ लाख ७२ हजार २ सय ४३ 

कुल खर्च 

यो अवधीमा कम्पनीको कुल खर्च पनि बढेको छ । कम्पनीले असोज मसान्तसम्ममा ३७ लाख ९ हजार कुल खर्च गरेको छ । गत बर्ष कम्पनीको यस्तो खर्च ३१ लाख ७२ हजार रहेको थियो  । 

675eca862f307.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको