यी ३ कम्पनीको वार्षिक साधारणसभा बस्दैछ । यस दिन माथिल्लो मैलुङ खोला, नेपाल हाइड्रो डेभलोपर र लिवर्टी इनर्जी कम्पनी लिमिटेडले साधारणसभा बोलाएका हुन् ।
माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले आज एघारौं वार्षिक साधारणसभा बोलाएको छ।
यस बर्ष कम्पनीले लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव गरेको छैन। सभाले अन्य उपयुक्त कम्पनीसँग मर्जरका लागि कम्पनी सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ।
नेपाल हाइड्रो डेभ्लपरले लिसारा रिसेप्सन्स, नक्साल, काठमाडौंमा आज १८ औं वार्षिक साधारण सभा बोलाएको छ । सभा ११ बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.४२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ। कम्पनीले पुस ८ गते बुकक्लोज गरेकाले पुस ७ गतेसम्म कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
लिवर्टी इनर्जी कम्पनीले आज काठमाडौंको शंखमूलस्थित अनमोल ब्याङक्वेटमा साढे १० बजे आफ्नो १५ औं वार्षिक साधारणसभा बोलाएको छ। यस वर्ष कम्पनीले लाभांश वितरण नगर्ने निर्णय गरेको छ । सभाले गत आवको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ। सभाले अन्य जलविद्युत कम्पनीसँग मर्जर प्रक्रिया अघि बढाउन र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।
कम्पनीले साधारणसभा प्रयोजनार्थ पुस ११ गते बुक क्लोज गरेगरेकाले पुस ९ गतेसम्म कायम सेयरधनी सभामा भाग लिन सक्नेछन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस