शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो वार्षिक साधारण सभा र लाभांश वितरणका लागि पुस ३ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार आज (पुस २ गते) सम्म सेयरधनीको नाम दर्ता गरिसकेकाले मात्र लाभांश प्राप्त गर्ने र सभामा सहभागी हुन सक्नेछन्।
बैंकले आफ्नो १६औं वार्षिक साधारण सभा पुस १९ गते शुक्रबारका दिन रुपन्देहीको ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटल मा बिहान ११ बजे बोलाएको छ।
साधारण सभामा बैंकले ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्नेछ। साथै, मर्जर तथा एक्विजिसन (गाभ्न र गाभिने प्रक्रिया) सम्बन्धी कामको लागि सञ्चालक समितिलाई आवश्यक अधिकार दिने र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने विषयमा छलफल हुनेछ।
यसका अतिरिक्त, संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट ३ जना सञ्चालकहरूको निर्वाचन गर्ने तथा आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि सभामा पेस गरिनेछ।
सेयरधनीहरुले आजभित्र नेप्सेमा कारोबार गरी आफ्नो स्वामित्व कायम गराउनुपर्नेछ, ताकि लाभांश र सभामा सहभागी हुने अधिकार सुनिश्चित होस्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस