एनआईसी एसिया बैंकले सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीमा रहेको आफ्नो स्वामित्वको ८ लाख ९३ हजार ८२५ कित्ता से आज पुस २५ गतेबाट बिक्रीमा राखेको छ।
बैंकले सूर्यज्योति लाइफको उक्त सेयर प्रतिकित्ता न्यूनतम १५९ रुपैयाँमै बिक्रीमा राखेको हो।
यो सेयर यसअघि नै संस्थापक शेयरधनीका लागि खरिद आह्वान गरिसकिएकाले अब योग्य जो कोही व्यक्ति तथा संगठित संघसंस्थाले खरिद गर्न सक्ने बैंकले जनाएको छ ।
सेयर खरिद गर्न इच्छुकले आज पुस २५ गतेदखि माघ ४ गते कार्यालय समयभित्र सेयर रजिष्ट्रार एनआईशी एशिया क्यापिटल लिमिटेड, थापाथली, काठमाडौं वा एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालयका साथै विराटनगर, आदर्शनगर, महेन्द्रपुल, श्रवणपथ, हस्पिटल लाइन र विरेन्द्रनगर शाखा कार्यालयमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस