पिपुल्स पावरले आफ्नो आठौं वार्षिक साधारणसभा बोलाएको छ।
कम्पनीको पुस २४ गते बसेको सञ्चालक समितिको बैठकले पारिजात पार्टी प्यालेस, जाल्पाचोक, काठमाडौंमा बिहान १० बजेदेखि बस्ने गरी सभा बोलाएको हो।
सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनका साथै लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। सभाले संस्थागत सुशासनसम्बन्धी प्रतिवेदन पनि अनुमोदन गर्नेछ। सभाले चालु आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पारित गर्नेछ।
वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले माघ ६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यासको अर्थ माघ ६ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरु मात्रै यो कम्पनीको सभामा भाग लिन योग्य हुनेछन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस