Like us!
Follow us!
Connect us!
Watch us!

सवै लघुवित्तको सूचना केन्द्रीकृत गर्न आवश्यक

शुक्रबार, ०४ चैत्र २०७३, १० : २२ मा प्रकाशित

  अर्थ संसार 

काठमाडौं– नेपालमा सञ्चालित सबै लघुवित्त संस्थाहरूको सूचना एकीकृत गरिनु पर्ने आवश्यक्ता विज्ञहरूले औँल्याएका छन् । एकभन्दा बढी लघुवित्तबाट ऋण लिने क्रम बढेपछि बिज्ञहरूले उक्त व्यवस्था गर्नुपर्ने बताएका हुन् । 

एउटै व्यक्तिले धेरै संस्थाबाट ऋण लिएका कारण विकृति निम्तिएकाले त्यस्तो व्यवस्थाको आवश्यकता उनीहरूले औंल्याए । लघुवित्त संस्थाका ग्राहकमा दोहोरोपनको समस्या रहेकोले यसमा सचेत हुन पनि बिज्ञहरूले आग्रह गरेका हुन् ।

‘लघुवित्त सूचना केन्द्र’ बिषयमा बिहीबार कार्यपत्र प्रस्तुत गर्दै नेपाल फिन्स सफ्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत युवराज थापाले एउटै संस्थाबाट धेरैले ऋण लिने परम्पराको अन्त्य गर्न एकीकृत सूचना केन्द्रको आवश्यकता रहेको बताउनु भयो । गत वर्ष ३४ वटा लघुवित्त मिलेर नेपाल फिन्स सफ्ट कम्पनीको स्थापना गरिएको उहाँले जानकारी दिनु भयो । 

वाणिज्य बैंकहरूले धेरै लगानी गरेर बिभिन्न शाखाको कारोबार एकै ठाउँबाट हेर्न सक्ने व्यवस्था गरेका छन् । तर, लघुवित्तहरूले त्यतिधेरै खर्च गर्न नसक्ने भएकाले समस्या भएको थापाको भनाइ थियो । ‘लघुवित्त कम्पनीले एकीकृृत सूचना प्रविधिको विकास गर्न थालेका छन्,’ उहाँले भन्नुभयो, ‘लघुवित्त कम्पनीले धेरै खर्च व्यहोर्न नसक्ने भएकाले नयाँ प्रविधि प्रयोगमा ल्याउन सकेका छैनन् ।’

लघुवित्तहरूको पहुँच ७५ वटै जिल्लामा फैलिएकाले पनि सञ्जाल जोड्न समस्या रहेको उक्त सेसनका अध्यक्ष एवं सम्मेलनका संयोजक पिताम्बरप्रसाद आचार्यले बताउनु भयो । ‘जति नयाँ प्रविधि आए पनि हाम्रा समस्या उस्तै छन्,’ उहाँले भन्नुभयो, ‘नयाँ प्रविधि भित्र्याउन ६० लाख खर्च लाग्ने प्राविधिकले सुनाउँदा सातो जाने अवस्था छ ।’

कार्यपत्रमाथि सिनर्जी सोलुसन कम्पनीका देवेन्द्र खड्का र निर्धन उत्थान विकास बैंकका नारायणबहादुर खड्काले टिप्पणी गर्नु भएको थियो । सञ्चालनमा रहेका ३८ लघुवित्तमध्ये ३० वटाले एउटै सफ्वेयर चलाएको जानकारी खड्काले दिनु भयो । ‘वाणिज्य बैंकहरूले धेरै लगानीमा नयाँ सफ्टवेयर चलाएका छन्,’ उहाँले भन्नुभयो, ‘लघुवित्त कम्पनीले पनि थोरै लगानीमा त्यस्तो सफ्वेयर चलाएर सुविधा दिएका छन् ।’

लघुवित्त कम्पनीहरू दुर्गममा स्थापना भएकाले इन्टरनेट कनेक्सनमा समस्या परेको कार्कीको भनाई थियो । ‘गाउँमा जाँदा नेपाल टेलिकमको सीम चले एनसेल चल्दैन्, एनसेल चले टेलिकम चल्दैन,’ उहाँले भन्नुभयो, ‘इन्टरनेट कनेक्सनको त्यस्तै समस्या छ ।’
नयाँ सफ्टवेयर जडान गर्ने÷ नगर्ने दुवै लघुवित्त पछुताएको उहाँले बताउनु भयो । ‘सफ्वेयरको खर्चले ढाड भाँच्न लागेको छ,’ कार्कीले भन्नुभयो, ‘लागत घटाउनु पर्ने अवस्था आएको छ ।’ नयाँ प्राविधि उपयोग गर्न सहज, काम गर्न सजिलो र लागत मूल्य कम भए मात्र सबै लघुवित्तले प्रयोगमा ल्याउने उहाँको भनाइ थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको