Like us!
Follow us!
Connect us!
Watch us!

माग र आपूर्तिबीचको अन्तर पहिचान आवश्यक

शुक्रबार, ०४ चैत्र २०७३, १० : ३५ मा प्रकाशित

अर्थ संसार 
काठमाडौ– लघुबित्तमा सर्बसाधारणको माग र आपूर्तिबीचको अन्तर पहिचान गर्न आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन् । राजधानीमा जारी लघुवित्त सम्मेलनका सहभागीले सञ्चालनमा रहेका बित्तीय संस्थाहरू निश्चित लक्षित समुहमा मात्रै केन्द्रित भएको बताए ।

सम्मेलनमा बित्तीय समावेशीकरणका लागि ‘आपूर्ति र माग पक्ष अध्ययन र रोडम्याप’ बिषय अन्तक्र्रियाका टिप्पणीकार डा.शिवराम कोइरालाले भन्नुभयो, ‘लघुबित्तको माग सिर्जना गर्न आवश्यक छ । माग र आपूर्तिबीचको अन्तर कति छ ? किन अन्तर भयो ? त्यो बुझ्न सक्नु पर्छ । ’ 

सरकारको नीति स्थिर नहुँदा पनि बजारमा समस्या देखिएको उहाँले बताउनु भयो । ‘बित्तीय संस्थाहरू निश्चित लक्षित समुहमा मात्रै छन्’ उहाँले भन्नुभयो, ‘संस्थाहरूले अति गरिबलाई लक्षित गर्नुपर्छ ।’ 

टिप्पणीकार रामदयाल राजवंशीले बित्तीय सस्थाहरू दुगर्म क्षेत्रमा जान आवश्यक रहेको बताउनु भयो । ‘स्थानीय स्तरमा सहकारीहरू प्रभावकारी छन्,’ उहाँले भन्नुभयो, ‘बैकहरू पुग्न सकेका छैनन् ।’ अर्का टिप्पणीकार नेपाल राष्ट्र बैंकका निर्देशक निलम तिमिल्सिनाले हालको समस्यालाई सम्बोधन गर्न मोबाइल बैकिङ, बैंक तथा बित्तीय संस्थाहरूलाई कर्पोरेट उत्तरदायित्वअन्र्तगत अघि बढाउनु पर्ने बताउनु भयो ।  

कार्यक्रमको अध्यक्षता गरिररहेका बिनोद आत्रेयले माग र आपूर्ति एउटै सिक्काको दुई पाटा भएको बताउनु भयो । उहाँले सरकारसँग लबिङ गरेर लघुबित्त कोष खडा गर्नुपर्ने बताउनु भयो । ‘हाल करिब ४० प्रतिशत सर्बसाधारणले मात्रै बैकिङ सुविधा पाएका छन,’ उहाँले भन्नुभयो, ‘सबैलाई यस्तो सुविधा पु¥याउने एउटा मात्रै माध्यम लघुबित्त हो ।’ 

कार्यक्रममा अर्का विज्ञ तीर्थदत्त दुलालले बैंक तथा बित्तीय संस्थाले साना र ठूला व्यवसायीबीच विभेद गरेको दावी गर्नु भयो । ‘बैंकले साना व्यवसायीलाई १५ प्रतिशत र ठूला व्यवसायसँग ८ प्रतिशत ब्याज लिने गरेका छन्’ उहाँले भन्नुभयो, ‘ती संस्थाले मनोमानी व्याज बढाउँदा नियामक निकाय मौन छन् ।’
अर्का वक्ता देब कोइरालाले बचतकर्ताको बचत सुरक्षित गर्नुपर्ने बताउनु भयो । त्यस्तै सहभागी बलराम दुवालले बित्तीय समावेशीकरणका लागि भैतिक पूर्बाधार अत्यावश्यक रहेको बताउनु भयो । 
कार्यक्रममा विज्ञहरु डा.सुधिन्द्र शर्मा र सुजिव शाक्यले फिनिस्कोपको खोज रिर्पोट प्रस्तुत गर्नु भएको थियो । रिर्पोट अन्र्तराष्ट्रिय स्तरमा मान्यताप्राप्त अध्ययन रहेको उहाँहरुको दावी थियो । ‘अध्ययनका क्रममा ५३ प्रतिशत जनताका लागि मात्रै बैंकहरू एक घण्टाभन्दा कम दुरीमा रहेको पाएका छौं,’ शर्माले भन्नुभयो । 

आपूर्ति सम्बन्धी कार्यपत्र प्रस्तुत गर्दे शाक्यले बित्तीय पहुँचका लागि ६ वटा कार्ययोजना बनाएको बताउनु भयो । उहाँले महँगी बढिरहेकाले बचत र बिमाबारे जनचेतना जगाउनु आवश्यक रहेको बताउनु भयो । आपत बिपतको अवस्थामा व्यवस्थापन गर्न बिमा अत्यावश्यक रहेको उहाँले बताउनु भयो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको