छिमेकी देश चीनको वुहानबाट उत्पत्ति भएको कोरोना भाइरस फैलिएर संसार आतंकित छ । अझ कति दिन के हुँने हो ठेगान छैन । बेलुका सद्दे सुतेको मान्छे बिहान कहिल्यै नब्युँझने चिर निद्रामा डुब्नेहरूको संख्या दिनानुदिन बढेको बढेकै छ । यता हाम्रोमा दस बर्षे गृह युद्ध, हाम्रो जीवनकालको सबभन्दा ठूलो विपत्ति र महाविनासले थिलथिलो देश बल्लतल्ल तंग्रिदै थियो । जनतामा शान्ति र समृद्धिको आशा जागेको थियो। देश समृद्धिको यात्रामा बामे सर्न शुरू गरेको थियो । अहिले हाम्रो देश पनि थला पर्दै छ । भूमण्डलीकृत विश्वमा एक्लो टापु बनेर बाँच्न नेपाललाई पनि सम्भव छैन ।
शक्तिराष्ट्रहरू संसारमा आफ्नो साम्राज्य कायम गर्न कमजोर राष्ट्रहरूमाथि बम बर्साइरहेका थिएँ । विज्ञान र प्रविधिको प्रयोग मानवजातिको हितमाभन्दा नरसंहारकारी युद्धमा लगाइरहेका थिएं। संसार तमासे बनेर हेरिरहेको थियो । शक्ति राष्ट्रका शासकहरूको आफ्नो राष्ट्रलाई “महान” बनाउने होड बढ्दै जाँदा कतै तेस्रो विश्वयुद्ध त हुने होइन ? सम्झँदा पनि कहाली लागेर आउँछ ।
बदलाभावले परिवार, समाज, देश कहिँ पनि शान्ति ल्याउँदैन । बदलाभावको अनिबार्य परिणती हत्या, हिंसा र द्वन्द नै हो । के हामी फेरि अर्को द्वन्द चाहन्छौं ? पक्कै चाहँदैनौं । हामी चाहन्छौं- एकता, शान्ति र समृद्धि ।
मान्छे, क्षमाशील प्राणी हो । त्यही भएर ठुलठुला युद्धपछि पनि मान्छेले मिलेर सुन्दर सभ्यताहरूको सिर्जना गरेका छन् । मलाई लाग्छ- बुद्धभूमिका हामी नेपालीहरू झनै बढी क्षमाशील छौं । मेरो अनुरोध छ- हामी अझै क्षमाशील बनौं । कसैको मृत्युमा उत्सव नमनाऔं । एकता, शान्ति र समृद्धिको लागि सबै मिलेर अघि बढौं ।
कुरा सुरुवात गर्छु है त ।
हिजो एउटा अनलाइनमा आँखा दौडाउँदै थिएँ म । एउँटा भिडियोमा गएर टक्क रोकिए म । हेर्दा हेर्दै आँखाका खोचहरु आँशुले भरिएर आएँ ।
प्रिय पाठकहरू ! तपाईंहरूले पनि पढ्नु भयो होला यो हृदयविदारक खबर । दुई दिन देखि खान नपाएर आँखाबाट साउन उराल्दै दिएको बयानले के तपाईंको छाती चिरिएन ? आँखामा सागर र मुटुभित्र सुनामी उर्लिएन ? मलाई त सहन निक्कै गारो भयो । पटक-पटक भक्कानिएँ । साँच्चै विछिप्त नै भएँ म त ।
संसार कोरोना विरुद्ध लडिरहेको छ। बिगत ८ दिन देखि luck down मा छौ हामि । यस बिषम परिस्थितिमा समाजको सबभन्दा पिँधमा रहेको बर्गहरुलाई बिहान काम गरेर साझ गुजारा टार्न मुस्किल हुनेहरुको स्थिस्ती कति भयावह होला कल्पना गर्नुस त ।
सबैलाई थाहा छ- मृत्यु शास्वत सत्य हो । र यो पनि सबैलाई थाहा छ कि, मृत्यु स्वीकार गर्न साह्रै कठीन हुन्छ । सहर, बजार, रोड सबै सुनसान छ । तर १७ जाना युवा सडकको किनाराबाट हिडिरहेका छन् । ज्यान हत्केलामा राखेर । उनिहरुलाई कोरोनाबाट बाँच्नु र बचाउँनु भन्दा पनि भोकमरी बाट बच्नु छ र हिजोदेखि लगातार हिडिरहेका छन् ।
“धुलिखेलमा काम गर्थेउ । यत्रो दिन भयो काम बन्द भएको । भोक भौकै छौं । खान पाइएन । भोकले मर्ने भइयो । अब घर जान लाग्दैछौ । सायद ४ दिनमा त पुगिन्छ होला बारा । गाउ -घरमा मागेर पनि पेट भरिन्छ यहाँ त भोकै मरिने भयो हजुर हामिलाई घर जान दिनुस, हामि रोगले भन्दा पनि भोकले मर्ने भयौं।“ भनेर प्रहरी मिडियाकर्मि सँग अनुनय बिनय गरिरहेका हुन्छन् ।
बाँच्न पाउनु मान्छेको नैसर्गिक अधिकार हो । हाम्रो संविधानले स्वास्थ्यलाई मानवअधिकारका रूपमा परिभाषित गरेको छ ।
यस्तो बिषम परिस्थिमा उनिहरुको रेखदेख र खानपान गर्नुको दायित्व सरोकारवाला को हैन ? लकडाउन कति लम्बिन्छ- यकिन छैन । दैनिक मजदुरी गुमिसक्यो, उनिहरुको खाद्यान्नको ब्यवस्था, र उनीहरूलाई घर फर्काउनु पर्ने दायित्व राज्यको होइन ? आज हामीले कोरोना महामारीको बिरूद्ध लड्ने साहस गरेनौं भने भोलि स्वस्थ समाज निर्माण गर्न सक्छौ ?
थाहा छ मलाई, यसबेला उहाँहरु असह्य पीडामा हुनुहुन्छ । भावबिह्वल हुनुहुन्छ । बिछिप्त हुनुहुन्छ । बर्गीय हिसाबले पीँधमा परेकाहरू, जातीय हिसाबले दलितहरू यस अबस्थामा प्रताडीत छन् । तुलनात्मक रूपमा अत्यधिक गरिबी, बेरोजगारी, अभावग्रस्त, शोषित एवं उत्पीडित जीवन जीउन विवश ब्यक्ति खोजि खोजि सरण दिनु पर्दैन र ? सरकारले पनि जनताले बुझ्ने भाषामा केही बोलेको छैन । के यसरी मौन रहनु मिल्छ ?
अब प्रश्न उठ्छ, यी सबै जिम्मा कसले लिन्छ र कहिले हुन्छ ? हो, सबै आ-आˆनो ठाउँमा जवाफदेही र जिम्मेवार हुनुपर्ने यहीँनेर हो । यसको सबभन्दा मुख्य जिम्मेवारी राज्यले लिनुपर्छ । किनकि, राज्य भनेको सबैको अगुवा र अभिभावक हो । समृद्धिका नाममा अविकासको विकास र गरिवी जाल सिर्जना नहोस् ।
मानव समाज एक्काईसौं शताब्दीमा छ । यो ज्ञान र विज्ञानको शताब्दी हो । सूचना र प्रविधिको शताब्दी हो । प्रत्येक शिक्षित नागरिक समाजका एक जिम्मेवार अभियन्ता पनि हो ।
आलोचना गरेर अरूको उछित्तो काढ्न निक्कै सजिलो हुन्छ । तर, त्यही कुरा आफ्नो जीवनमा लागू गर्न निक्कै कठिन हुन्छ । समाजमा ज्ञान र बिज्ञानको प्रयोग गरौं । इतिहासको गर्भबाट नै वर्तमानको जन्म हुन्छ । तसर्थ, इतिहासविना वर्तमान सम्भव छैन । इतिहासबाट सिक्न नचाहने प्रवृत्तिले अन्तत सम्म भविश्यप्रति न्याय पनि गर्न सक्दैन । नयाँ पुस्ताको नाममा के हामी भविश्यमाथि अन्याय गर्न चाहान्छौं ?
साँच्चै भन्ने हो भने मातृ ऋण चुकाउन संभव छैन । सायद त्यसैले होला, हामी आफ्नो देशलाई पितृभूमि नभनेर मातृभूमि भन्छौं । हाम्रा लागि माता तथा मातृभूमि समान महत्वको हुनाले आफ्नी आमालाई र मातृभूमिलाई उत्तिकै सम्मान गर्छौं ।
आज हाम्रो मातृभूमि पनि संकटमा पर्दै गइरहेको छ ।
यतिबेला हाम्रो राष्ट्रलाई हाम्रो जरुरत परेको छ। अगिपछी घरझगडा हुनु सामान्य नै हो जब सत्रुहरुले आक्रमण गर्न थाल्छन् तब घरपरीवार र भाईहरु नमिल्नुको बिकल्प हुदैन। आउनुहोस यस कठिन बेलामा सबै मिलेर अगाडि बढौं।यसर्थ
कोरोना नियन्त्रण नहुन्जेल कोरोना विरुद्ध युद्धको घोषणा गरेर सरकारको अगुवाइमा राजनीतिक दलहरू, नागरिक समाज, गैरसरकारी क्षेत्रलगायत सबै निकाय र क्षेत्रहरू एकताबद्ध भएर लाग्न जरुरी छ ।
अन्त्यमा ,सरकारको नेतृत्व गरिरहनुभएका सम्माननीय प्रधानमन्त्रीज्यू र सरकार निर्माणको अंकगणित भावी प्रधानमन्त्रीज्यू, कृपया हिजो तपाईँहरूलाई आफ्नो अमूल्य मत दिएर बिजयी गरी पठाउने जनताहरु भोकमरीमा पिल्सिएर जीवन गुमाउँन बाध्य हुनेछन् । दसऔंला जोडी बिन्ती छ- तपाईँहरू सबै मिलेर निरपेक्ष गरिबीको रेखामुनि बाँच्न विवशको जीवन बचाउनुस् ।
नेतागण ! अब हामीलाई सस्तो सपना होइन, सधैं वास्तविक विपना चाहिन्छ। कृपया ! राष्ट्रवाद, राष्ट्रघात, पुँजिवाद, समाजवाद, साम्यवाद विभिन्न वादका नाममा आरोप-प्रत्यारोप र झगडा गर्न बन्द गर्नुस् । देश र जनताको पक्षमा काम गर्नुस् । हामी सदैव तपाईहरूकै साथमा हुनेछौं ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस