Like us!
Follow us!
Connect us!
Watch us!

भ्रामक समाचारप्रति हिमालयन रिइन्स्योरेन्सको प्रतिक्रिया, ‘कम्पनीको वित्तीय अवस्था सुदृढ र सञ्चालन नियमित’

अर्थ संसार

विहीबार, २६ चैत्र २०८२, ०८ : ३० मा प्रकाशित

भ्रामक समाचारप्रति हिमालयन रिइन्स्योरेन्सको प्रतिक्रिया, ‘कम्पनीको वित्तीय अवस्था सुदृढ र सञ्चालन नियमित’

हिमालयन रिइन्स्योरेन्स लिमिटेड ले पछिल्लो समय विभिन्न सञ्चारमाध्यम तथा अनलाइन प्लेटफर्ममा प्रकाशित आफ्नासम्बन्धी समाचारप्रति औपचारिक प्रतिक्रिया जनाएको छ। कम्पनीले ती सामग्रीहरूलाई भ्रामक तथा अड्कलका आधारमा तयार गरिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

कम्पनीद्वारा जारी विज्ञप्तिअनुसार केही व्यक्तिहरूसँग जोडेर विभिन्न किसिमका समाचार सार्वजनिक भइरहेका छन्, तर ती विषय हाल सम्बन्धित निकायहरूमा अनुसन्धानको क्रममा रहेको बताइएको छ। सो अनुसन्धानमा कम्पनीले पूर्ण सहयोग गरिरहेको उल्लेख गर्दै अनुसन्धान प्रक्रियालाई प्रभावित पार्ने किसिमका टिप्पणी वा अड्कलबाजी नगर्न सबै सरोकारवालालाई आग्रह गरिएको छ।

हिमालयन रिइन्स्योरेन्सले स्पष्ट रूपमा भनेको छ कि उक्त घटनाक्रमले कम्पनीको दैनिक सञ्चालन, वित्तीय अवस्था वा ग्राहक तथा सरोकारवालाप्रति रहेका दायित्व निर्वाह गर्ने क्षमतामा कुनै असर नपरेको छ। कम्पनीका अनुसार यसको वित्तीय अवस्था बलियो, तरलता सन्तुलित र जोखिम व्यवस्थापन प्रणाली प्रभावकारी रहेकाले नियामकीय मापदण्डहरू सहज रूपमा पूरा भइरहेका छन्।

त्यसैगरी, कम्पनीले आफ्ना सबै दावी तथा दायित्वहरू नियमित प्रक्रियाअनुसार निरन्तर रूपमा भुक्तानी भइरहेको जानकारी दिएको छ। व्यवसायिक गतिविधिहरू स्थिर र अवरोधरहित रूपमा सञ्चालन भइरहेका छन् भने कम्पनीले आफ्नो प्रतिबद्धता अनुसार सेवा प्रवाह जारी राखेको जनाएको छ।

कम्पनीले व्यवस्थापन पक्ष पनि पूर्ण रूपमा सक्रिय रहेको स्पष्ट पार्दै कुनै कार्यकारी पदाधिकारीको अस्थायी अनुपस्थिति वा विदेश भ्रमणले संस्थाको सञ्चालन वा सुशासनमा कुनै प्रभाव नपार्ने जनाएको छ। उच्च व्यवस्थापकीय नेतृत्व र कर्मचारीहरूको समन्वयमा कम्पनीको कार्य सुचारु रूपमा अगाडि बढिरहेको दाबी गरिएको छ।

यसैबीच, कम्पनीले सबै लगानीकर्ता, साझेदार र सरोकारवालालाई आधिकारिक तथा प्रमाणित सूचनामा मात्र विश्वास गर्न आग्रह गरेको छ। साथै, पारदर्शिता, विवेकपूर्ण वित्तीय व्यवस्थापन र दीर्घकालीन स्थायित्वप्रतिको आफ्नो प्रतिबद्धता यथावत् रहेको जनाएको छ।

69d7132e7e358.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको